राष्ट्रिय वाणिज्य बैंकका सीईओको लकडाउन डायरी: जब एकपछि अर्को गरी परिवारका सबैलाई संक्रमण भयो...

कोरोनाभाइरस (कोभिड– १९)को दोस्रो लहरका कारण घोषित निषेधाज्ञा शुरू भएपछि हामीले बैंकमा काम गर्नका लागि छुट्टै कार्यविधि बनायौँ । काम गर्ने शैली पनि बदल्यौँ । जसअनुसार सम्भव भएसम्म घरबाटै काम गर्ने र हप्तामा एक दिन कार्यालय जाने निर्णय भयो । त्यसै अनुरूप हामी काम गरिरहेका थियौँ । तर केही दिनमै मलाई कोरोना संक्रमण भयो जसले गर्दा २२ दिनसम्म म आइसोलेसनमा बस्नुपर्ने भयो । हाम्रो परिवारमा ७ जना सदस्य छौँ सबै सदस्यलाई एकपछि गरी कोरोना संक्रमण भयो । परिवारमा म, मेरी श्रीमती, २ जना छोरा, बुहारी, २ जना नातिनातिन...