काठमाडौँ- श्रीलङ्काको संसद्ले कार्यकारी राष्ट्रपतिका केही अधिकारहरू कटौती गर्ने गरी संविधानको २२ औं संशोधन पारित गरेको छ । संसदबाट दुई तिहाई बहुमतले पारित भएको सो संशोधनमा राष्ट्रपतिका केही मुख्य अधिकारहरू कटौती गरिएका छन् । जम्मा १७४ सदस्यले संशोधनको पक्षमा मतदान गरेका छन् भने विपक्षमा एक मत परेको श्रीलङ्काबाट प्रकाशित हुने डेली मिररले उल्लेख गरेको छ […]