आधारभूत अस्पतालमा भिडियो एक्स-रे सेवा

खोटाङको खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीस्थित इन्द्रेणीपोखरी आधारभूत अस्पतालमा भिडियो एक्स–रे सेवा सुरु गरिएको छ । गाउँपालिकाले आवश्यक उपकरण खरिद गरेर ल्याएपछि आधारभूत अस्पतालमा भिडियो एक्स–रे सेवा सुरु गरिएको हो ।