जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले एमाले अध्यक्ष केपी ओलीले म्वाई खाएपनि विष लाग्ने बताएका छन् । बिहीबार चितवनको भरतपुरमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले अझै पनि केहीले केपी ओलीलाई आइ लभ यु केपी बा भन्ने गरेको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह गरे । उनले संघीयता लोकतन्त्र र संविधान खाने कुचेष्टा गरेको भन्दै त्यसबाट बचाउन वर्तमान सत्ता गठबन्धन बनेको बताए । ‘केपी ओलीले संविधान, लोकतन्त्र र संघीयता खान खोजेकाले यो गठबन्धन बनाउन बाध्य भय