काठमाडौं, २७ फागुन । गौर हत्याकाण्ड पीडित संघर्ष समितिले सरकारविरुद्ध कडा आन्दोलन छेड्ने चेतावनी दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरुसँग गरेको सहमतिविपरित गौर हत्याकाण्डका मुख्य दोषी भनिएका उपेन्द्र यादवलाई नै सरकारमा उपप्रधानमन्त्री बनाएर भित्र्याएपछि संघर्ष समितिले आन्दोलन छेड्ने चेतावनी दिएको हो । यसअघि पीडित परिवारसँगको भेटमा प्रधानमन्त्री दाहालले पीडितहरुलाई न्याय दिलाएरै छाड्ने वचन दिएका […]