कार्यदलको सहमतिले एमालेमा उत्साह

दोस्रो तहका १० नेता सम्मिलित कार्यदलले विवाद समाधानका लागि सहमति सार्वजनिक गरेपछि सत्तारूढ  दल नेकपा एमाले भित्र उत्साह पैदा भएको छ । शीर्ष नेताका बीचमा लामो समयदेखि देखिएको अविश्वास, मनमुटाव र कटुतापूर्ण सम्बन्धका कारण पार्टी विभाजित हुनसक्ने र मुलुकको समृद्धि र स्थिरतामा असर पार्न सक्ने चिन्तालाई अन्त्य गर्दै आइतबार राति कार्यदलले सहमति सार्वजनिक गरेको थियो । ‘लगातार र कठोर मेहनत’ पछि कार्यदलले तयार गरेको ‘विद्यमान समस्या समाधानसम्बन्धी प्रस्ताव’ लाई आज बस्ने पार्टीको स्थायी कमिटीको र...