लक्ष्मी ग्रुपका ५० वर्ष : पुष्टकारी, चोकोफन हुँदै गाडी उत्पादन

‘ल्याक्टोफन’ चकलेटको खोल तन्काएर एक हातको बनाएपछि अर्को मिठाई पाइने ८० को दशकको सम्झना क–कसलाई छ ? त्यसभन्दा अघि सुका गोटाका ओरेन्ज बल र रिमझिम बलको स्वाद पक्कै लिएको हुनुपर्छ । पोखराको बागबजारमा आधा शताब्दीअघि पुष्टकारी बनाएर सुरु भएको थियो, लक्ष्मी मिठाई भण्डार । यही मिठाई भण्डार तुफानी गतिमा फैलिएर नेपालको मिठाई बजारमा दरिलो उपस्थिति जनाउने गरी चोकोफन उत्पादन गर्‍यो ।