कांग्रेसलाई ‘टिट फर ट्याट’, माओवादी र नेकपा (एस) लाई ‘टच’ गरेन जसपाले

जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीलाई हटाए पनि सत्ता गठबन्धनमा रहेका दुई दल पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्र र माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई ‘टच’ गरेन । जब कि गठबन्धनमा सहमति गरेर नै प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय सरकारमा जसपाका चारजना मन्त्रीलाई बर्खास्त गरेका थिए । जसपाका मन्त्रीलाई हटाउन गठबन्धनमा रहेका दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा (एस) का अध्यक्ष माधव कुमार नेपालले पनि सहमत