चितवनको भरतपुरमा आजदेखि हर्न बजाउन नपाइने

चितवन - चितवनको भरतपुरमा आजदेखि हर्न निषेध गरिएको छ । भरतपुर महानगरपालिकाले साना तथा ठूला गाडीको समेत व्यवस्थापन गर्ने भएको छ ।  बढ्दो सहरीकरणले गाडी व्यवस्थापनमा समस्या देखिएसँगै महानगरले केन्द्रीय बस टर्मिनल र नारायणगढ बसपार्कमा आजदेखि अनिवार्य पार्किङको व्यवस्था गरेको छ । एक हप्ताअघि महानगरपालिकामा बसेको सरोकारवालाको बैठकले गाडी व्यवस्थापन गर्न विभिन्न निर्णय गरी आजदेखि कार्यान्वनमा ल्याउने समझदारीसहित निर्णय गरेको थियो  ।  यस निर्णयअनुसार पूर्वबाट काठमाण्डाै–पोखरा जाने यात्रुबाहक बस, मिनी बस...