पछिल्लो चार वर्षमा विश्वभर ८४ लाखले बढ्यो बाल श्रमिक, नेपालको बाल श्रम उन्मुलन अभियान खतरामा पर्ने चेतावनी

काठमाडौं : पछिल्लो चार वर्षमा विश्वमा ८४ लाख बाल श्रमिक थपिएका छन्। बाल श्रमविरूद्ध अन्तर्राष्ट्रिय दिवसको पूर्व सन्ध्यामा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र युनिसेफले अध्ययन प्रतिवेदन जारी गर्दै यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो। १२ जुनमा बाल श्रमविरुद्धको दिवस विश्वभर मनाइएको छ। पछिल्ला वर्षहरुमा बाल श्रम उन्मुलनका अभियानहरु सञ्चालनमा आएका थिए।…