काठमाडौं । कर्णाली प्रदेशसभामा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत लिने भएपछि आवश्यक रणनीति बनाउन प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलको बैठक बसेको छ । काँग्रेस संसदीय दलका प्रमुख सचेतक हेमबहादुर शाहीका अनुसार शुक्रबार विहान ९ बजेबाट दलको बैठक बसेको हो । शुक्रबार नै बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने कार्यसूची छ । ४० सदस्यीय कर्णाली प्रदेशसभाका सदस्य मध्ये माओवादी केन्द्रबाट निर्वाचित धर्मराज रेग्मी एमालेमा प्रवेश गरेपछि ३९ सदस्यीय बनेको छ । प्र