नुवाकोट-बेलकोटगढी–७ रातमाटेमा निर्माण हुने विद्युत् प्रसारण आयोजनाअन्तर्गत रातमाटे सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहणको मुआब्जा वितरणकार्य ६० प्रतिशत सकिएको छ । मिलिनियम च्यालेन्ज एकाउण्ट नेपाल विकास समिति एमसीए नेपालका कार्यकारी निर्देशक खड्कबहादुर विष्टले रातमाटे सबस्टेसन बनाउन स्थानीयको ३ सय ८५ रोपनी जग्गा अधिग्रहण गरिएको बताए ।स्थानीय ९४ परिवारको १ सय ८४ कित्ता जग्गा अधिग्रहण गरिएकोमा ९१ […]