मुरलीकान्तको कथा ‘चन्दु च्याम्पियन’

मानिसको जीवन सधैँ एकैनास हुँदैन । मानिसलाई एकपछि अर्को परिस्थितिले सधैँ सताइरहेको हुन्छ । त्यसो हुँदाहुँदै पनि मानिस सधैँ जीवनसँग लडिरहन्छ । यिनै कुराको माझ मान्छेले आफ्नो जिद्दीपना र सङ्घर्षलाई कसरी पार गर्छ भन्ने कुरा चलचित्र ‘चन्दु च्याम्पियन’ को कथाले देखाउँछ । पहिलो पारालम्पिक स्वर्ण पदक विजेता मुरलीकान्त पाटेकरको जीवनीमा आधारित चलचित्रबाट अभिनेता कार्तिक आर्यनले आफ्नो प्रेमिल छवि छाडेर आफ्नो जीवनमा नयाँ अध्याय लेख्ने कोसिस गरेका छन् । कार्तिक बायोपिक स्पोर्ट्स ड्रामा ‘चन्दु च्याम्पियन’ मा पूर्ण रूपमा नयाँ अवतारमा प्रस्तुत भएका छन्, जहाँ उनी जोश र उत्साहले भरिएको मुरलीकान्त पाटेकरको भूमिकामा बिल्कुलै भिन्न देखिएका छन् ।