अब नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आफ्ना तथ्यांक शुल्क लिएर प्रयोगकर्तालाई बिक्री गर्न पाउने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले शुल्क तोकिदिएपछि झन्डै दुई वर्षपछि उक्त अनुमति पाएको हो । यसअघि बोर्डले शुल्क नतोकिदिँदा नेप्सेले तथ्यांक बिक्री गर्न पाएको थिएन ।