लुम्बिनीका जसपा सांसद निष्कासन विरुद्धको रिट सर्वाेच्च अदालतमा सुनुवाइ हुँदै

जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सभाका ४ सांसदलाई गरेको कारवाही सूचनापत्रमा टाँस भएर पदमुक्त गरिएकोप्रति आपत्ति जनाउँदै सर्वाेच्च अदालतमा दायर गरिएको रिट सोमवार सुनुवाइ हुँदैछ । पार्टी निर्णय विपरीत प्रदेश सरकारमा सहभागी भएको भन्दै जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले सांसदहरू सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई पार्टीबाट निष्कासन गर्दै पदमुक्त गरेको थियो । आफूमाथि अन्याय भएको भन्दै चारै सांसदले प्रदेशसभा समेतलाई विपक्षी बनाएर सर्वाेच्चमा रिट दायर गरेका थिए । सोमव...