कमल थापा र राजेन्द्र लिङ्देनले अध्यक्षमा उम्मेदवारी दिने, लिङ्देनलाई डा. लोहनीको साथ

काठमाडौं, मंसिर १४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टीको भावी अध्यक्षमा राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने बताउनु भएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले पार्टीको नेतृत्व नयाँ पुस्तामा जानुपर्ने भन्दै आफू लिङदेनको पक्षमा उभिएको बताउनु भएको हो । उहाँले आफू सहमतिबाट नेतृत्व चयनको पक्षमा रहे पनि त्यो सम्भव नदेखिकाले […]

सम्बन्धित सामग्री

राजेन्द्र लिङ्देनको सपथ ग्रहणमा पुगेनन् कमल थापा, ट्विटरबाट पोख्दैछन् आक्रोश

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र वितरण र सपथग्रहण कार्यक्रम सुरु भएको छ। निर्वाचनमा कमल थापालाई पराजित गर्दै राजेन्द्र लिङ्देन अध्यक्ष पदमा निर्वाचित भएका छन्।  प्रज्ञा भवनमा जारी कार्यक्रममा निवर्तमान अध्यक्ष कमल थापा नव निर्वाचित केन्द्रीय कमिटीलाई प्रमाणपत्र वितरण कार्यक्रममा अनुपस्थित भएका छन्।…

राप्रपामा नेतृत्व परिवर्तन : पदाधिकारीमै अल्पमतमा परे लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदमा कमल थापाजस्तो हस्तीलाई हराउँदै राजेन्द्र लिङ्देन विजयी बनेका छन् । तर, पदाधिकारीमै अध्यक्ष लिङ्देन अल्पमतमा परेका छन् । केन्द्रीय समितिमा पनि कमल थापा पक्षको बलियो उपस्थिति देखिएको छ ।राजेन्द्र लिङ्देनलाई अध्यक्षमा हराउन राप्रपाका हस्तीहरू कमल थापा, पशुपति शमशेर जबरा, दीपक बोहरा, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र जयन्त चन्दसमेत एकजुट भएर लागेका थिए । तर, लिङ्देनले सबैको घेरा तोड्दै जित हात पारे ।तर, पार्टीभित्रको समीकरण हेर्दा अध्यक्ष लिङ्देनलाई अघ

चुनावी परिणाम स्वीकार्छु तर मैले नै जित्छु : कमल थापा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफूले चुनावी परिणाम स्वीकार्ने बताएका छन्। उम्मेदवारी दर्ताका क्रममा पत्रकारहरुसँग कुरा गर्दै थापाले तर आफूले चुनाव जित्ने दाबी गरे। राजेन्द्र लिङ्देनले चुनाव जिते अध्यक्ष मान्नुहुन्छ ? भन्ने प्रश्नमा थापाले भने, 'महाधिवेशन प्रतिनिधिले प्रजातान्त्रिक ढंगबाट जे निर्णय गर्छन् त्यो स्वीकार्य हुन्छ तर अहिले त्यस्तो परिस्थिती देखिँदैन। हामी यो निर्वाचनबाट अत्यधिक बहुमत ल्याएर विजयी हुन्छौं र राजेन्द्र लिङ्देन सहितका युवा पुस्त

दलबलसहित अध्यक्षमा उम्मेदवारी दिन पुगे कमल थापा (फोटोफिचर)

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा दलबलसहित अध्यक्षमा उम्मेदवारी दिन पुगेका छन् । शुक्रबार थापा सहितका नेता–कार्यकर्ता बाजागाजासहित राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्ता गर्न पुगेका हुन् । राप्रपाको नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा रहेका छन् । सो पार्टीको एकताको महाधिवेशन अन्तर्गत शनिबार मतदान हुने कार्यक्रम रहेको छ ।

अध्यक्षमा उम्मेदवारी दर्ता गराउन जुलुशसहित पुगे राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिन राजेन्द्र लिङ्देन जुलुशसहित राष्ट्रिय सभागृह पुगेका छन्। वुधबारदेखि सुरु भएको राप्रपाको महाधिवेशनमा आज मनोनयन दर्ता हुँदैछ। अध्यक्ष कमल थापा पक्षले फर्जी मतदाताको सूची...

राप्रपामा थापा र लिङ्देनको प्यानल, को–को छन् पदाधिकारीका दाबेदार ?

राप्रपामा नेतृत्वका लागि चुनाबी प्रक्रिया शुक्रबार मात्रै सुरु हुने भएको छ । अध्यक्ष कमल थापा पक्षले फर्जी मतदाताको सूची बनाएको भन्दै राजेन्द्र लिङ्देन पक्षले विरोध गरेपछि छानबिन समिति गठन गरेर...

अब पालो राप्रपाको : महाधिवेशनका लागि तयार भयो मैदान !

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन बुधबारबाट काठमाडौँमा सुरु हुँदैछ । उद्घाटन सत्रका लागि तयारी अन्तिम चरणमा पुगेको छ । भृकुटीमण्डपमा स्टेजलगायत तयारीका काम ९८ प्रतिशत सकिएको नेतृ कुन्ती शाहीले रातोपाटीलाई जानकारी दिइन् । महाधिवेशन १७ गतेसम्म चल्नेछ । यसपटक अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङ्देन मैदानमा छन् । हेरौँ तयारीका तस्बिरहरू :

राप्रपा अध्यक्षमा कमल थापा भर्सेस राजेन्द्र लिङ्देन

काठमाडौं, १३ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वका लागि अध्यक्ष कमल थापा र सांसद राजेन्द्र लिङ्देनबीच प्रतिष्पर्धा हुने भएको छ । थापा र लिङ्देन दुवैले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । आज अध्यक्ष थापाले उम्मेदवारी घोषणा गरेका छन् । उनको उम्मेदवारी घोषणा कार्यक्रममा राप्रपाका प्रभावशाली नेताहरु बुद्धिमान तामाङ, दिपक बोहरा, ध्रुवबहादुर प्रधानलगायत सहभागी थिए […]