भारतीय स्मार्टफोन बजारमा एक वर्ष भन्दा बढी अवधिसम्म पहिलो स्थानमा रहेको शाओमीलाई अर्को चिनियाँ ब्रान्डलेनै पछाडि पारेको छ ।
जुनमा अन्त्य भएको त्रैमासिक अवधिसम्म स्मार्टफोन ब्रान्डहरु ओपो, भिभो, रियल्म र वनप्लसको स्वामित्व रहेको बीबीके इलेक्ट्रोनिक्सको बिक्री ३० प्रतिशत पुगेको छ । बिक्रीको यो हिस्सासँगै यी ब्रान्डहरु शाओमी भन्दा अगाडि भएको प्रविधि कन्सल्टेन्सी फर्म काउन्टरपोइन्टको नयाँ अनुसन्धालने देखाएको छ ।