उब्जाउ भूमि मासेर क्रसर र बालुवा उद्योग सञ्चालन, किसान मर्कामा

बारा । बालुवा र क्रसर उद्योग सञ्चालन हुन थालेपछि बाराको जीतपुर सिमरा उपमहानगर–१२ बस्ने हरिन्द्र चौधरीको खेत छेउको सार्वजनिक कुलो त मासियो नै पानीको मुहानसमेत सुकेको छ । खेत छेउमै रहेको क्रसर र बालुवा उद्योगबाट बगेर आउने धमिलो पानी, क्रंकिटयुक्त बलौटे माटो र मसिना ढुंगाले खेती गर्न समस्या हुनुका साथै उब्जनीसमेत घट्दै गएको चौधरीको गुनासो छ ।‘वडाध्यक्षले खेतको बीचमा क्रसर र बालुवा उद्योग चलाउन कसरी अनुमति दिए भन्ने हामीलाई थाहा छैन तर, अहिले हामीलाई खेती गर्नै समस्या भएको छ,’ उनले