तम्घासमा भुस्याहा कुकुरको आतंक

तम्घास बजार अहिले भुस्याहा कुकुरका कारण आतंकित बन्न पुगेको छ । कुकुरको संख्या बढ्दै जाँदा चार महिनामा १ सय ५४ जनालाई टोकिसकेको छ । तम्घास बजारका सडक, चोक तथा गल्लीमा भुस्याहा कुकुरको बिगबिगी छ । जसले गर्दा बजार क्षेत्र भुस्याहा कुकुरका कारण आतंकित बन्न पुगेको हो ।

सम्बन्धित सामग्री

गुल्मीका मुख्य बजारमा भुस्याहा कुकुर आतंक

गुल्मी : सदरमुकाम तम्घास मुख्य बजार र जिल्ला प्रशासन कार्यालय आसपास भुस्याहा कुकुरको बिगबिगी बढेको छ ।स्थानीय बासिन्दाले विद्यालय जाने ससाना बालबालिकालाई झम्टिने तथा टोक्ने समस्या पनि बढेको र सवारी दुर्घटनासमेत बढेको गुनासो गरेका छन्। रातभर भुक्ने समस्याले गर्दा राम्रोसँग सुत्न पनि नपाएको बजारवासीको दुखेसो छ।स्थानीय व्यवसायी जनक पन्तले बजारमा भुस्याहा कुकुरको बिगबिगी हुँदा समेत नगरपालिकाले चासो नदेखाएको गुनासो गरे। ‘मर्निङ वाक’ गर्न र बाइक चलाउन पनि समसया भएको उनको गुनासो छ

तम्घासमा भुस्याहा कुकुरको आतंक : व्यवस्थापनमा सम्बद्ध निकाय मौन

गुल्मी : सदरमुकाम तम्घासका मुख्य सडकमै भुस्याहा कुकुरको आतंक बढ्दै गएको छ।तम्घासका मुख्य सडकमा भुस्याहा कुकुर हिँड्दा सवारी चालकलाई समस्या हुने र दुर्घटना हुन सक्ने जोखिम बढ्दै गएको सञ्चालक र सवारीधनीले गुनासो गरेका छन्।भुस्याहा कुकुरको सडकमा दैनिक आतंक भइरहँदा यसलाई समाधान गर्नेतर्फ रेसुंगा  नगरपालिकाले भने कुनै वास्ता गरेको पाइँदैन।सडकमा भुस्याहा कुकुरको आतंक हुँदा यसलाई रोकथाम गर्न स्थानीय सरकार र प्रशासनले कुनै चासो नदेखाउनु दुःखद भएको तम्घासका व्यवसायी कृष्ण खनालले बताए।बिहानका वे