१३ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको समस्या समाधान गर्न सभामुख अग्नि सापकोटाले रुलिङ गरेका छन् । आज बसेको संसद बैठकको सुरुमै नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले त्रिविमा सरकारको संरक्षणमा गुण्डागर्दी भएको भन्दै सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराएका थिए । त्यसपछि सभामुख सापकोटाले भने, ‘त्रिभुवन विश्वविद्यालयमा भएको तालाबन्दी लगायतका विरोध कार्यक्रमहरुले विश्वविद्यायका शैक्षिक एवं पठनपाठन कार्य प्रभावित […]