ओस्कर: फिल्मभरि पियानो बजिरहन्छ

निर्देशनतर्फ ओस्कार जित्ने महिला निर्देशकमा जेन क्याम्पियनले आफ्नो नाम लेखाइसकेकी छन् । ९४ औं ओस्कारमा ‘द पावर अफ द डग’ बाट निर्देशनमा इतिहास लेखेकी उनले २७ वर्षअघि यही विधामा ‘पियानो’ बाट ‘उत्कृष्ट ओरिजिनल स्क्रिनप्ले’ जितेकी थिइन् । संयोग के भने सन् १९९४ मा ‘पियानो’ बाट उनले त्यस अवार्ड जित्दा प्रख्यात निर्देशक स्टिभन स्पिलवर्गको ‘सिन्डर्लस लिस्ट’ ले उत्कृष्ट निर्देशकको अवार्ड उचालेको थियो । यस पटक भने उही स्पिलवर्गको फिल्म ‘वेस्टसाइड स्टोरी’ लाई हराउँदै क्याम्पियन ओस्कार जित्ने तेस्रो महिला निर्देशक बनिन् ।