यस वर्ष विश्वभर नवीकरणीय ऊर्जाको उत्पादन र प्रयोगले नयाँ रेकर्ड राख्ने

यस वर्ष विश्वभर नवीकरणीय ऊर्जाको उत्पादन र प्रयोगले नयाँ रेकर्ड राख्ने अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले जनाएको छ । पेट्रोलियम पदार्थको बढ्दो मूल्यवृद्धि र सुरक्षा खतराका कारण विश्वभर नै नवीकरणीय ऊर्जाको उत्पादन र खपत परेको एजेन्सीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीलेजनाएको छ । यो अङ्ग्रेजी वर्ष सन् २०२३ मा विश्वभर नवीकरणीय ऊर्जा क्षमता १ सय ६ गिगावाटले बढेर ४ सय ४० गिगावाट पुग्ने अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको प्रतिवेदनमा उल्लेख छ । यो वर्ष थपिने नवीकरणीय ऊर्जाको क्षमता अहिले जर्मनी र स्पेनमा भएको कुल ऊर्जा क्षमताभन्दा धेरै हुने पनि...