झापामा ओलीले हार्ने भएर एमाले–राप्रपा गठबन्धन बन्यो : भुसाल

रुपन्देहीको क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच बनेको चुनावी गठबन्धन केपी ओलीलाई जिताउन मात्रै बनेको दाबी गरेका छन् । नेता भुसालले भने, ‘अन्य गठबन्धनलाई अपवित्र भन्ने केपी ओलीले राप्रपासँग गरेको गठबन्धन बरु अपवित्र हो, झापा क्षेत्र नम्बर ५ चुनाव हार्ने डरले ओलीले राप्रपासँग गठबन्धन गरेका हुन् ।’  एमालेलाई चाहिएर नभइ झापामा आफू सुरक्षित ओलीले राप्रपाको सहारा लिएको उनको भनाइ छ ।&n