जर्गेन क्लोपको सयौं खेलमा वाटफोर्डले लिभरपुललाई ३–३ गोलको बराबरीमा रोकेको छ। बार्सिलोनाले आँखा लगाएको ब्राजिलियन प्लेमेकर फिलिप काउटिन्हो ढाडको समस्याका कारण शनिवार अनुपस्थित रहेको खेलमा लिभरपुललाई वाटफोर्डले अंक बाड्न बाध्य बनायो। निर्धारित ९० मिनेटसम्म ३–२ ले अग्रता बनाएको लिभरपुलविरुद्ध घरेलु टोलीका मिगुल ब्रिटोसले थप गरिएको अतिरिक्त समयको तेस्रो मिनेटमा बराबरी गोल गरे। यसअघि स्टेफानो ओकाकाको…