काठमाडौं : नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूका विद्यार्थीले मंगलबारदेखि त्रिभुवन विश्वविद्यालय, उपकुलपतिको कार्यालय अगाडि आमरण अनशन शुरु गरेका छन्। त्रिविमा विकृति र विसंगति बढेको भन्दै १३ बुँदे मागसहित उनीहरू आमरण अनशन बसेका हुन्। अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले १३ बुँदा माग पूरा नभएसम्म अनशन जारी राख्ने बताएका छन्। उनीहरूले त्रिविका दोषी पदाधिकारीहरूको राजीनामा माग समेत मागेका छन्। त्रिविले फेरि परीक्षामा प्रश्नपत्र हुबहु सोधेपछि चौतर्फी विरोध भइरहेको छ।.groupTitl