जिल्ला अदालत स्याङ्जाद्वारा ५६१ मुद्दा फर्छ्योट

स्याङ्जा । जिल्ला अदालत स्याङ्जाले गत आर्थिक वर्ष (आव) २०७७/०७८ मा ५६१ मुद्दा फछ्र्योट गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७६÷७७ देखि जिम्मेवारी सरेर आएका ३८० र गत आवमा दर्ता भएका ५८७ नयाँ सहित कुल ९४७ मुद्दामध्ये ५६१ ओटाको फैसला भएको जिल्ला अदालत स्याङ्जाका न्यायाधीश वसन्तराज पौडेलले बताए । अदातलबाट ३८६ ओटा मुद्दा फैसला गर्न बाँकी  छ । जिल्ला अदालत स्याङ्जामा दर्ता भएका मुद्दामध्ये सबैभन्दा धेरै सम्बन्धविच्छेदका छन् । त्यसपछि क्रमशः अंशबण्डा, ज्यानसम्बन्धी, चोरी डकैती, लेनदेन, ठगी, जबर्जस्ती करणी, जालसाजी, वन, सवारी ज्यान मुद्दा, वहुविवाह लगायतका मुद्दा दर्ता भएको उनले बताए । अदालतमा २ वर्ष नाघेका मुद्दा २१ ओटा छन् भने १८ महीनादेखि २ वर्षसम्मका मुद्दा एउटा मात्रै छ । यस्तै १ वर्षदेखि १८ महीनासम्मका मुद्दा १४२ र ६ महीनादेखि १ वर्षसम्मका मुद्दा १३१ ओटा फैसला गर्न बाँकी रहेको न्यायाधीश पौडेलले बताए । फर्छ्योट हुन बाँकी रहेका ३८६ ओटा मुद्दामध्ये दुनियावादी देवानी २०७, सरकारवादी फौजदारी १२८, दुनियावादी फौजदारी ४९ र पुनरावेदन दुईओटा रहेको जिल्ला अदालत स्याङ्जाका स्रेस्तेदार विश्वप्रसाद रेग्मीले बताए । उना अनुसार गत आवमा अभियुक्तहरूबाट ४९२ वर्ष १ महीना कैद भुक्तानी भएको छ । यस्तै ३८ लाख ७७ हजार ३३८ जरीवाना फर्छ्योट भएको उनले बताए ।

सम्बन्धित सामग्री

अर्घाखाँची अदालत बन्यो लुम्बिनी प्रदेशकै उत्कृष्ट

अर्घाखाँची जिल्ला अदालत मुद्दा फछर्योट गर्नेमा लुम्बिनी प्रदेशकै उत्कृष्ट अदालत बनेको छ । आर्थिक वर्ष २०७७/०७८ मा लुम्बिनी प्रदेशका अदालतमध्ये सबैभन्दा धेरै मुद्दा फछर्योट गरी उत्कृष्ट बन्न सफल भएको जिल्ला अदालत अर्घाखाँचीका न्यायाधीश वासुदेव न्यौपानेले बताए ।कुल मुद्दाको ७० दशमलव ९३ प्रतिशत मुद्दा फर्छ्योट गरेको अर्घाखाँची अदालत प्रदेशमै सबैभन्दा धेरै प्रतिशत मुद्दा फछर्योट गर्ने अदालत […]