सहमतिपछि मृतक प्राविधिकको शव आफन्तले बुझे

सहमतिपछि नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्र, खोटाङका दैनिक ज्यालादारी प्राविधिक नवीन्द्र राईको शव आफन्तले बुझेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ४० वर्षीय नवीन्द्र राईको आइतबार साँझ करेन्ट लागेर मृत्यु भएपछि सोमबार जिल्ला प्रहरी कार्यालयमा लामो समय चलेको छलफलमा मृतक परिवारलाई विद्युत् दुर्घटना क्षतिपूर्ति विनियमावली २०६७ बमोजिम अधिकतम क्षतिपूर्ति उपलब्ध गराउने र मृतककी श्रीमतीलाई रोजगारीको व्यवस्था गर्ने सहमतिमा आफन्तले शव बुझेका हुन् । दिक्तेल रुपाकोट