काठमाडौं, २७पुस। मधेश सरकारले माघ ३गते स्वाभिमान दिवस मनाउने भएको छ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो।२०७८माघ ३गतेकै दिन तत्कालीन‘प्रदेश नं. २’को नाम मधेश प्रदेश नामाकरण र स्थायी राजधानी जनकपुरधाम प्रदेशसभा बैठकबाट पास भएको थियो।त्यस दिनलाई स्वाभिमानी दिवसको रुपमा मनाउने निर्णय गरिएको हो।त्यस्तै माघ ५गते मधेश सरकारले बलिदानी दिवस मनाउने भएको छ।