काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गर्नुभएको छ । रिपोर्टर्स क्लबको वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री अोलीले आउँदो साउन एक गतेदेखि नै लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढ्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षमा विद्यालयहरूको पूर्वाधार विकासका लागि पाँच अर्ब रुपैयाँभन्दा बढी रकम वितरण गरिने पनि बताउनुभयो ।‘सामाजिक सुरक्षा प्रबन्धका क्षेत्रमा थुप्रो काम हामीले गर्याैँ । योगदानका आधारमा सामाजिक सुरक्षा जस्ता कुराहरू गर्याैँ ...