गुजरातमा प्रत्येक चार दिनमा एकजना दलित महिला बलात्कृत

बीबीसी। भारतको गुजरातमा प्रत्येक चार दिनमा एकजना दलित महिला बलात्कृत हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ। पछिल्लो १० वर्षको अवधिमा गुजरातमा भएका बलात्कार घटनाले उक्त कुरा देखाएको हो। यो आँकडाले सरकारको ‘सुरक्षित गुजरात’ दाबीलाई भुठा ठहर गरिदिएको छ। सन् २०११ मा गुजरातमा ५१ जना दलित महिला बलात्कृत भएका थिए भने सन् २०२० मा १०२ जना बलात्कृत भएका थिए।