उपराष्ट्रपति माइक पेन्स जो वाइडेनको शपथ कार्यक्रममा उपस्थित हुने

एजेन्सी । जनवरी २० मा अमेरिकामा सत्ता हस्तान्तरण हुने कार्यक्रम रहेको छ । यसका लागि तयारी पनि भइराखेको छ । तर, उक्त कार्यक्रम हुन पुर्व भएका घटनाक्रमले अमेरिकी इतिहासमा कालो दाग लागेको छ । चरम तनावका बीच उप राष्ट्रपति माइक पेन्सले आफु नव निर्वाचित राष्ट्रपति जो बाइडेनको शपथग्रहण समारोहमा भाग लिने बताएका छन् ।