एसियाली छनोट खेलकालागि अभ्यास सुरु

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय महिला क्रिकेट टिमको अन्तिम चरणको बन्द प्रशिक्षणका लागि २४ खेलाडी छनोट गरेको छ। शनिबार क्यानले आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोटका लागि अन्तिम चरणको प्रशिक्षणका लागि २४ खेलाडी छनोट गरिएको जनाएको हो। र याे संगै एसियाली छनोट खेलकालागि अभ्यास सुरु भएकाे छ ।

सम्बन्धित सामग्री

नेपालले महिला टी-२० विश्वकपको एसियाली छनोटअघि थाइल्याण्डसँग खेल्ने

काठमाडौं । महिला विश्वकपको एसियाली छनोटको पूर्वसन्ध्यामा नेपालले थाइल्याण्डसँग अभ्यास खेल खेल्ने भएको छ । नेपालले अगष्ट २८ तारिखमा थाइल्याण्डसँग खेल्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । त्यसअघि नेपालले हङकङ, कुवेत र मलेसिया गरी चार देश सम्मिलित टी-२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला खेल्नेछ । एसियाली छनोट अगष्ट ३१ बाट मलेसियामा सुरु हुँदै छ।

एसियाली छनोटका लागि महिला टोलीको तयारी सुरु (भिडिओ)

काठमाडौं । आईसीसी महिला ट्वान्टी–२० विश्वकपको एसियाली छनोट खेलका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले आजबाट अभ्यास थालेको छ । २४ खेलाडीलाई समावेश गरि मुख्य प्रशिक्षक जगत टमाटाले टोलीलाई अभ्यास सुरु गरेका हुन । नोभेम्बर महिनामा युएईमा आयोजना हुने एसियाली छनोट खेलबाट नेपाली टोली अघिल्लो चरण पुग्ने लक्ष्यका तयारी थालेको हो । नेपाल क्रिकेट संघ (क्यान) […]

नेपालद्वारा पहिलो पटक टी–२० अन्तर्राष्ट्रिय सिरीज ‘क्लिन स्विप’

नेपालले पहिलो पटक टी–२० अन्तर्राष्ट्रिय सिरीज क्लीन स्वीप गरेको छ । आईसीसी टी–२० विश्वकप एसियाली छनोट प्रतियोगिताको लागि अभ्यास भ्रमणमा मलेसिया पुगेको नेपालले त्यहाँ दुई खेलको टी–२० सिरिज खेलेको थियो । पहिलो खेलमा नेपालले मलेसियालाई सात विकेटले हरायो भने आइतबार भएको दोस्रो खेलमा ६ रनको जित हात पार्...