अमेरिकाले इराक मिसनबाट आफ्ना सैनिक फिर्ता बोलाउने

काठमाण्डाै - अमेरिकी राष्ट्रपति जो बाइडेनले यस वर्षको अन्त्यसम्ममा अमेरिकी लडाकु सैनिकहरूलाई इराकबाट फिर्ता बोलाउने बताउनुभएको छ ।  अमेरिकाकाे भ्रमणमा रहेका इराकका प्रधानमन्त्री मुस्ताफा अल–खादिमीसँग ह्वाइटहाउसमा भएको भेटवार्तामा बाइडेनले अमेरिकी सैनिक फिर्ता बोलाउनेबारे जानकारी गराउनु भएको बीबीसी हिन्दीमा उल्लेख छ । तर, उहाँले थोरै सङ्ख्यामा अमेरिकी सेना इराकमा रही त्यहाँका सैनिकलाई तालिम दिने व्यवस्था मिलाउने बताउनु भएको छ ।  बाइडेनको यस घोषणाको इराकका प्रधानमन्त्री मुस्ताफाले स्वागत गर्नुभएको&nbs...