म्याग्दी।भूकम्पले क्षति पुगेका म्याग्दीका ८८ वटा विद्यालयका भवन पुनःनिर्माण भएको छ।राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले २०७२ को भूकम्पले भत्किएका र जीर्ण बनेका विद्यालय भवन पुनःनिर्माण गरेको हो।प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ(शिक्षा)म्याग्दीका प्रमुख तुलाराज चौलागाईले २०७८ असार मसान्तसम्म ८८ विद्यालयमा २८२ वटा कक्षा कोठा भवन पुनःनिर्माण भएको जानकारी दिए।तीस वटा दुई कोठे,१० वटा तीन कोठे,४८ वटा चार कोठे भवन पुनःनिर्माण भएको छ।