अर्थविद्हरूले मुलुकको अर्थतन्त्र गम्भीर दुर्घटना उन्मुख हुन थालेको चेतावनी दिएका छन् । अहिले अर्थतन्त्रका अधिकांश सूचक खस्किरहेका बेला क्षेत्रगतरूपमा समस्या पहिचान गरेर प्राथमिकताका आधारमा समाधान खोज्नुपर्ने उनीहरूको सुझाव छ । संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको अर्थसमितिले शुक्रबार 'नेपालको अर्थतन्त्रको वर्तमान अवस्था, चुनौती र आगामी दिशाबारे' अर्थविद्हरूसँग गरेको छलफलका क्रममा उनीहरूको यस्तो धारणा आएको हो । कसले के भने ?