अर्थतन्त्रको अवरोध हटाउन संवाद परिषद् गठन

शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने विकल्प खोज्न सरकारले निजी क्षेत्र सम्मिलित उच्चस्तरीय संवाद परिषद् गठन गरेको छ । अर्थतन्त्रको विद्यमान अवस्था र आगामी कार्यदिशा सम्बन्धमा मंगलबार भएको छलफलका आधारमा निजी क्षेत्रसँग निरन्तर संवादमा रहन र आर्थिक गतिरोधको निकास खोज्न सरकारले परिषद् गठन गरेको हो ।