एमएडब्लुले मार्च महिनामा फोटोनको ‘लाइट ट्रक अमार्क’ नेपालमा ल्याउने तयारी गरेको छ । यो उत्कृष्ट पावर र आकर्षक डिजाइनको लागि चर्चित छ । फोटोन अमार्कमा क्याविनको डिजाइन उत्कृष्ट रहेको छ । साथै, यसलाई अत्याधुनिक फिचरले सुसज्जित गरेको छ ।यो ट्रकमा २.८ लिटर क्षमताको टर्बो चार्ज डिजेल, वाटर कुलिङ इन्जिन दिइएको छ । यसमा रहेको इन्जिनले अधिकतम १०२ हर्स पावर र २२५ न्यूटन मिटर टर्क जेनेरेट गर्छ । साथै, ड्यास बोर्डमा माउन्ट भएको गियर लिभरले लामो समयको यात्रामा पनि सजिलो एवं थकान मुक्त महसुस गराउ