हेटौंडा : बागमती प्रदेश सरकारले एकैपटक ४ वटा अध्यादेश ल्याउने भएको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले ४ वटा अध्यादेश ल्याउने निर्णय गरेको हो।सरकारले निर्णय गरेकामध्ये एउटा अध्यादेश भने जारी भइसकेको छ। प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश युवा परिषद ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका हुन्। लामो समयदेखि संसदमा भएको अवरोधका कारण सरकारले एकै पटक ४ वटा अध्यादेश ल्याउने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् सरकारका प्रवक्ता कृष्णप्रसाद शर्मा खनालल