काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा चुनावी सरकार बनाउन प्रस्ताव गर्नुभएको छ । शुक्रवार राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले आफू नेतृत्वको सरकारलाई चुनावी सरकार बनाउने र यही सरकारमा सबै राजनीतिक दल सहभागी हुन प्रस्ताव गर्नुभएको हो ।ताजा जनादेशमा जाने कुरा प्रतिगमन नभएको भन्दै उहाँले एक पटक फेरि ताजा जनादेश लिएर सरकार सञ्चालन गर्नुपर्ने बताउनुभयो ।प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै आउँदाे कात्तिक २६ र मङ्सिर ३ गतेका लागि मध्यावध...