परिवार दलका अध्यक्ष एकनाथ ढकाल नेकपा एमालेबाट समानुपातिक सांसद चुनिएपछि एमालेका नेता कार्यकर्ताले चरम असन्तुष्टि जनाउँदै आलोचना गर्न थालेका छन् । एमालेमा लामो समयदेखि योगदान दिएका नेता कार्यकर्ताहरूलाई पाखा लगाएर अर्को पार्टीको अध्यक्षलाई सांसद बनाइएको भन्दै उनीहरूले यो कस्तो अभ्यास भनेर नेतृत्वलाई प्रश्न गरेका छन् । सो पार्टीका नेता कार्यकर्ताले सामाजिक सञ्जालमार्फत लगातार पार्टी नेतृत्वको कार्यशैलीलाई लिएर प्रश्न गरे पनि नेतृत्वले कुनै जवाफ दिएको छैन । ‘एउटा पार्टीको अध्य