प्रतिनिधि सभा चुनावमा भाग लिन पार्टी दर्ता कहिलेसम्म ?

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मङ्सिरमा हुने निश्चितजस्तै छ । निर्वाचन कानुनअनुसार आगामी मङ्सिर २२ गते अघि नै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न गरिसक्नुपर्ने निर्वाचन आयोगले बताउँदै आएको छ ।  निर्वाचनमा सहभागी हुन आयोगमा २ पटक राजनीतिक दल दर्ता गर्नुपर्ने प्रावधान रहेको छ । चुनावमा भाग लिन निर्वाचनको मिति घोषणा पूर्व नै दल दर्ता भइसकेको हुनु पर्दछ । मिति घोषणा भइसकेपछि पनि निर्वाचनमा भाग लिन चाहने दलहरू पुनः दर्ता हुनुपर्दछ । कुनै पनि नयाँ दल दर्ताका लागि ४५ दिनको सम