वैदेशिक रोजगारीमा आकर्षित हुँदै खेलाडी

पाल्पा – खेल क्षेत्रमै सम्भावना बोकेका  खेलाडी पछिल्लो समय वैदेशिक रोजगारीका लागि  आकर्षित भइरहेका छन् ।  रामपुर नगरपालिका–७ किसानबारी बस्ने असिम राना आफ्नै खर्चमा खेलमा लगानी गरेर प्रतिस्पर्धा गर्नुपर्दा खेलाडीलाई समस्या पर्ने गरेको बताउनुहुन्छ । आठवर्षदेखि भलिबल खेलमा आबद्ध उहाँ अहिले २४ वर्षको हुनुभयो । प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लुम्बिनी प्रदेशको नेतृत्व गर्दै राष्ट्रियस्तरसम्मको खेलसमेत खेलिसक्नुभएको छ । कक्षा १२ उत्तीर्णपश्चात् अध्ययनलाई बीचमै छाडेर खेलमा होमिनुभएका उहाँ ...

सम्बन्धित सामग्री

बगरखेतीमा आकर्षित हुँदै किसान

राँझा (बाँके), ३० फागुन । बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसान बगरखेतीतर्फ आकर्षित भएका छन् । राप्ती नदीको डुबान र कटानबाट प्रभावित राप्ती सोनारी–५ बिनौना ललहीवासीले सामूहिक बगरखेती गर्दै आएका हुन् । उनीहरू बगरखेती गरेर आर्थिक उपार्जनमा जोडिएका छन् । विगतमा निर्वाहमुखी खेती गर्दै आए पनि अहिले व्यावसायिकरूपमै बगरखेती गर्न आफूहरू लागिपरेको ललही बगरखेती समूहका अध्यक्ष […]

धनकुटाका किसान उखुखेतीतर्फ आकर्षित हुँदै

तेह्रथुम । बजारको समस्या नभएपछि धनकुटाका किसान उखुखेतीतर्फ आकर्षित हुँदै आएका छन् । व्यवसायीक रुपमा उखुखेती गरेका धनकुटाका किसानले वार्षिक लाखौं कमाउँन थालेपछि अन्य बाली मासेर उखु लगाएका छन् । धनकुटाको साँगुरीगढी गाउँपालिका ७ उखुडाँडाका किसानहरु व्यवसायीक उखुखेती गरेर वार्षिक लाखौ रुपैया आम्दानी गर्दै आएका छन । तमोर नदीको बगरमा रहेको उखुडाँडामा समतल भूभाग र […]

मुगुमा आयुर्वेद उपचारप्रति आकर्षित हुँदै

बीरबहादुर बम,मुगु । पछिल्ला दिनहरूमा आयुर्वेद उपचारप्रति मुगुका स्थानीयहरू आकर्षित हुँदै गएका छन् ।मुगु जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्रले आयुर्वेद सम्बन्धी जनचेतना तथा स्थानीय स्तरमा उपलब्ध जडीबुटी सहितको उपचार विधि बारे जनचेतना जगाउँदा मुगालीहरु अन्य उपचार भन्दा आयुर्वेद उपचार गर्न सहज मान्ने गरेका हुन् । कार्यालयले जिल्लाका कुना, कन्दरा विकट बस्तीहरूमा पटक पटक आयुर्वेद स्वास्थ्य शिविर […]

करुवा उत्पादनमा युवा पुस्ता आकर्षित हुँदै

नेपालको विदेश निर्यातको एउटा महत्वपूर्ण हस्तकलाको सामग्रीमा पर्छ करुवा र यसमा पनि पाल्पा यसमा अरु चर्चित छ । पाल्पाको पहिचान बोकेका करुवा उत्पादनमा युवा पुस्ता आकर्षित हुँदै गएका छन् । सीप र पुँजीको अभावमा विस्तारै लोप हुने अवस्थामा पुगेका पाल्पाली करुवाको उत्पादनमा पछिल्लो समय युवा पुस्ता आकर्षित हुँदै गएका हुन् । पाल्पाली करुवा उद्योगको सीप …

करुवा उत्पादनमा पाल्पाका युवा पुस्ता आकर्षित हुँदै

असोज ३१, पाल्पा । पाल्पालीको पहिचान बोकेका करुवा उत्पादनमा युवा पुस्ता आकर्षित हुँदै गएका छन् ।             सीप र पूँजीको अभावमा विस्तारै लोप हुने अवस्थामा पुगेका पाल्पाली करुवाको उत्पादनमा पछिल्लो समय युवा पुस्ता आकर्षित हुँदै गएका हुन् । पाल्पाली करुवा उद्योगको सीप नयाँ पुस्तामा हस्तान्तरण हुन थालेपछि यसको उत्पादनमा समेत वृद्धि हुन थालेको छ ।             करुवा बनाउने आवश्यक तालिम र यसको उद्योग सञ्चालनका लागि बीउ पूँजीलगायत सहयोग पाएपछि यहाँका युवा करुवा उत्पादनमा लागिपरेका छन् । तानसेन नगरपालिका, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) र ग्रामीण आर्थिक विकास संघ (रेडा) द्वारा सञ्चालित तालिम पाएपछि चार जना युवा मिलेर करुवा उद्योग स्थापना गरेका छन् ।             तानसेनका नगरप्रमुख अशोककुमार शाहीले पाल्पाको पहिचान बोकेको करुवा लोप हुनबाट जोगाउन सीप, बीउ पूँजीलगायतको सहयोग गरिएको बताए । तानसेन नगरपालिकाले बेरोजगार युवालाई छनोट गरी तालिम, बीउ पूँजीलगायतका कार्यक्रमपछि युवा पुस्ता अहिले करुवाको उत्पादनमा सक्रिय भएका छन् । आवश्यक पूँजीको अभावमा करुवा व्यवसाय सञ्चालन गर्न नसकिरहेको अवस्थामा नगरपालिकाले यो व्यवसाय गर्न चाहने युवालाई बैंकबाट सहुलियत दरमा ऋण प्रदान गरी साना उद्योग स्थापनामा सहजीकरण गरिएको नगरप्रमुख शाहीको भनाइ छ ।             बगनासकाली गाउँपालिका– ६ यम्घाका खिमबहादुर विश्वकर्मासहित चार जनाले तानसेन नगरपालिका– १ गैरागाउँमा करुवा उत्पादन गर्ने उद्योग स्थापना गरेका छन् । अहिले ती युवाद्वारा स्थापित उद्योगबाट काँचका करुवा, थाल, गिलासलगायतका वस्तु प्रशस्त उत्पादन हुँदै आएको उनले बताए । तानसेनका पुराना करुवा व्यवसायी केशवमान बज्रचार्यले पाल्पाको पहिचान बोकेको करुवा चिनो रूपमा लैजाने चलन रहेको बताए ।  सीप, प्रोत्साहन तथा कच्चापदार्थको अभावमा पाल्पाली करुवा उद्योग संकटमा परेको थियो ।             तानसेनको टक्सार टोलमा पहिला २५ भन्दा बढी करुवा उद्योग सञ्चालनमा रहेपनि पछिल्ला वर्षमा तीन ओटामा सीमित भएको थियो । उद्योग कम हुँदा माग अनुसार करुवाको आपूर्ति हुन सकेको थिएन । करुवा बनाउने सीप सिक्न र उद्योग सञ्चालन गर्न इच्छुक व्यक्तिलाई छनोट गरी तीन महिनाको करुवा बनाउने तालिम दिएको थियो । तालिमपछि कोही व्यक्तिगत र कोही सामूहिक रुपमा करुवा उत्पादन गरिरहेका छन् ।  पाल्पाको तानसेनमा नेवार, विश्वकर्मा जातिमा मात्र करुवा उत्पादन गर्ने सीप छ । करुवा उत्पादन गर्ने सीपलाई अन्य जाति तथा समुदायमा हस्तान्तरण हुन सकेको छैन । सामाजिक र साँस्कृतिक समस्या कारण अन्य जातिमा यो सीप पुस्तान्तरण हुनसकेको छैन । पाल्पाली करुवाको आठ दशकदेखिकै इतिहास छ ।    उद्योगी उत्तमकुमार बज्राचार्यका अनुसार करुवा उत्पादनका लागि आवश्यक पर्ने कच्चा धातुको अभाव छ । काम गर्ने कामदार पाइँदैनन् । पाल्पाली ब्रान्डेड करुवामा कोइला, काँच, तामा र मैनको आवश्यकता पर्छ । तर, कच्चा सामग्री नै जिल्लामा पाइँदैन । कोइला वनमा पोल्न समस्या छ । भारतबाट समेत कच्चा पदार्थ आउन नसक्दा करुवा उद्योग सङ्कटमा परेको गुनासो उद्योगीको छ ।            २५० वर्षअघि भक्तपुरबाट बसाइँ सरेर तानसेनको टक्सारटोलमा आई धातुका मुद्रा बनाउन शुरु गरिएको इतिहास पाइन्छ । पछि गएर करुवा र अन्य सामान तयार हुँदै आएका छन् । यहाँ उत्पादित करुवा जापान, अमेरिका, बेलायत, थाइल्यान्डलगायतका देशमा पुग्छन् । बाह्य पर्यटक मात्रै होइन, आन्तरिक पर्यटकलाई पनि करुवा निर्माणले आकर्षण थपेको छ । जोकोही एकपटक पाल्पाली करुवा उत्पादन गर्ने उद्योगमा पुग्ने गर्छन् । यहाँका शाक्य, वज्राचार्यहरू करुवा उत्पादन गर्छन् । पछिल्लो समय ३ हजार ५०० देखि १० लाख ५० हजार मूल्य पर्ने करुवा पाल्पामा बनिरहेका छन् । युवा पुस्तालाई करुवा उद्योगमा टिकाइ राख्न सकेमा यो उद्योगको संरक्षणमा टेवा पुग्ने विश्वास स्थानीय व्यवसायीको छ ।  रासस

उखुखेतीतर्फ आकर्षित हुँदै किसान

कञ्चनपुरको दक्षिणी क्षेत्रमा उखुखेती फस्टाउँदै गएको छ। जिल्लाको दक्षिणी क्षेत्रका किसान उखुखेतीतर्फ आकर्षित हुँदै गएका छन् । दोब्बर आम्दानी लिन सकिने भएपछि किसान उखुखेतीतर्फ आकर्षित हुन थालेका हुन्।