सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पुनर्संरचना गरिने

सरकारले सङ्घीय  मामिला  तथा  सामान्य प्रशासन  मन्त्रालयलाई  सङ्घीयता कार्यान्वयन गर्न सहजीकरण गर्ने गरी पुनर्संरचना गर्ने भएको छ । सङ्घीयता कार्यान्वयन गर्ने प्रमुख मन्त्रालयका रूपमा रहेको मन्त्रालय सङ्घीयता कार्यान्वयनभन्दा  पनि  कर्मचारीको सरुवा र बढुवामै केन्द्रित भएकाले मन्त्रालयको पुनर्संरचना गर्न लागिएको बताइएको छ । मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले मन्त्रालयलाई पुनर्संरचना गरेपछि कर्मचारी व्यवस्थापन एवं अभिलेख विभाग र सङ्घीय मामिला तथा अन्तरतह सहजीकरण