सरकारले शिक्षा क्षेत्रका महत्वपूर्ण तीन सूचकांकलाई वृद्धि गर्ने प्रतिबद्धता जनाउँदै ग्लोबल पार्टनरसीप फर एजुकेसन (जीपीई)सँग १५ मिलियन अमेरिकी डलर अनुदान सहयोग माग गरेको छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग उखु किसानलाई तत्काल अनुदान रकम वितरण गर्न किसानका अगुवाले माग गरेका छन् । उखु क्रसिङ सिजन २०८०/८१ मा चिनी उद्योगलाई उखु बिक्री गरेको पाँच महिना बितिसक्दासमेत किसानले अनुदान रकम पाउन सकेका छैनन् । उखु खेती धेरै हुने सर्लाही र रौतहटबाट बुधबार कृषि मन्त्रालय पुगेका नेपाली कांग्रेसका नेताको टोलीले उखु किसानका लागि तत्काल जिल्लामा अनुदान रकम निकासाको व्यवस्था मिलाइदिन माग गरेको हो ।
निजी क्षेत्रले आधा दशकदेखि निर्यातमा दोहोरो अंकको नगद अनुदान माग गर्दै आएको छ । निर्यातमा अनुदान बढाउँदा उद्योगीलाई उत्पादन बढाउन हौसला पुग्ने भन्दै उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्सले सरकारसँग लबिङ पनि गर्दै आएका छन् । महालेखा परीक्षकको कार्यालयले भने यस्ता उद्योगलाई प्रदान गरिने सुविधाका सम्बन्धमा प्रश्न गरेको छ । महालेखाको ६० […]
सरकारले निर्यातमा नगद अनुदानसम्बन्धी कार्यविधि फेरि संशोधन गर्ने भएको छ । निजी क्षेत्रको मागलाई सम्बोधन गर्न भन्दै नगद अनुदान कार्यविधि संशोधन गर्न लागिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।मन्त्रालयमा गत साता बसेको उच्चपदस्थ अधिकृतहरूको बैठक (एसएमटी) मा मन्त्रालयको नयाँ धारणा बनाउने निर्णय भएको छ । मन्त्रालयका अनुसार एसएमटी बैठकमा निर्यातमा नगद अनुदान दिने […]
माछापालक किसानले पोखरी निर्माणभन्दा माछाको भुरा र चारोमा अनुदान दिनुपर्ने माग गरेका छन् । उनीहरूले माछाको भुरा र चारोको मूल्य उच्च हुँदा प्रतिस्पर्धा गर्न नसकेको र किसानले घाटा बेहोरिरहेको भन्दै अनुदानसम्बन्धी नीतिमा नै परिवर्तन गर्नुपर्ने सुझाव दिएका हुन् ।