सुर्खेत : राष्ट्रिय मानव अधिकार आयोगको टोलीमाथि दुर्व्यवहार गर्ने कर्णाली प्रदेशका प्रमुख सचिवसहित दुई जनालाई कारवाही गर्न माग गरिएको छ। कर्णालीमा रहेका विभिन्न अधिकारवादी संघ संगठनले कर्णाली प्रदेश सरकारका प्रमुख सचिव चन्द्रमान श्रेष्ठ र सामाजिक विकास मन्त्रालयका सचिव लोकथान पौड्याललाई कारवाहीको माग गरेका हुन्।मुख्यन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि खेती गर्ने जमिनको माग गर्दै आन्दोलनमा रहेका वादी समुदायको अवस्थाबारे बुझ्न आएको राष्ट्रिय मानव अधिकार आयोगको टोलीमाथि उनीहरूले दुर्व्यवह