सांसद अधिकारीले भने– २४ लाख खोप हरायो, जवाफ दिनोस्

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद खगराज अधिकारीले कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप हराएको भन्दै त्यसबारे जवाफ दिन सरकारसँग माग गरेका छन् । पूर्वस्वास्थ्यमन्त्री समेत रहेका अधिकारीले संसद्मा यथार्थ जानकारी गराउन माग गरेका हुन् । आइतबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकअन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले सो खोपबारे...