बाँके। बाँकेमा कोरोना भाइरस सङ्क्रमण बढेपछि सीमावर्ती भारतीय बजार रुपैडिया आवतजावतमा रोक लगाइएको छ। भारतमा तीव्र रूपमा सङ्क्रमण बढेकाले रुपैडियामा किनमेलको लागि जानमा रोक लगाइएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए। भारतका विभिन्न शहरबाट घर फर्किने नेपालीलाई नेपाल-भारत सीमा क्षेत्र जमुनाहमा अनिवार्य कोरोना परीक्षण गर्न लगाइएको छ। सीमा क्षेत्रमा आवश्यक सतर्कता नअपनाइएको गुनासो आएपछि यस्तो निर्णय गरिएको हो। रासस