महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरमा बुधबार बेलुकी एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा महोत्तरीकै गौशाला नगरपालिका–११ का ३५ बर्षीय तेजनारायण महतोको मृत्यु भएको हो । गौशालाबाट रामनगरतर्फ जाँदै गरेको महतो सवार साइकललाई सोही दिशाबाट आउदै गरेको स १ च १३९३ नम्बरको एम्बुलेन्सले पछाडिबाट ठक्कर दिएको थियो । गम्भीर घाइते भएका उनलाई उपचारको लागी अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । बुधबार बेलुकी पौन