इपीएलमा एक खेल मात्र खेलेर फर्किने भए साहिद अफ्रिदी

काठमाडौं- एभरेस्ट प्रिमियर लिग-आईपीएलअन्तर्गत सोमबारको पहिलो खेल रद्ध भएपछि पाकिस्तानी क्रिकेटर साहिद अफ्रिदी एक खेल मात्र खेले‍र फर्कने निश्चित भएको छ। अफ्रिदी आबद्ध काठमाडौं किङ्स इलेभेनले विराटनगर वारियर्ससँग खेल्ने तालिका रहेपनि ओसिलो मैदानका कारण खेल रद्ध भएको हो। यसअघि अफ्रिदीले आफुले आईपीएलका दुई खेल मात्र खेल्ने बताएका थिए। यसअघि अफ्रिदीले खेलेको पहिलो खेलमा काठमाडौंलाई ललितपुर […]

सम्बन्धित सामग्री

अफ्रिदी आज स्वदेश फर्कने

काठमाडौं । पाकिस्ताका क्रिकेटर साहिद अफ्रिदी आज स्वदेश फर्कने भएका छन् । एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्न नेपाल आएका अफ्रिदी आज पाकिस्तान फर्कने भएका हुन् ।   अफ्रिदी आज अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थत हुँदै स्वदेश फर्कने छन् ।   उनले ईपीएल अन्तर्गत काठमाडौं किङ्स–११ बाट एक खेल खेलका थिए । काठमाडौं र...

कीर्तिपुर मैदानमा जब उत्रिए साहिद अफ्रिदी... [तस्बिरहरु]

एभरेस्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करणअन्तर्गत पहिलो खेलमा काठमाडौं किंग्स ११ ले ललितपुर प्याट्रियट्सविरुद्ध ७ विकेटको जित हात पारेको छ । कीर्तिपुरस्थित टियू खेल मैदानमा भएको पहिलो खेलमै पाकिस्तानी क्रिकेटर साहिद अफ्रिदी काठमाडौं किंग्स ११ बाट मैदानमा उत्रिएका थिए । सन्दीप लामिछानेको कप्तानीमा अफ्रिदीको खेल कौशल हेर्न दर्शकको घुइँचो लागेको थियो ।

ईपिएलका लागि यस्तो छ काठमाडौं किंग्स एघारको टोली

शनिबारबाट काठमाडौंमा सुरु हुने एभरेस्ट प्रिमियर लिग (ईपिएल) का लागि काठमाडौं किंग्स् ११ ले टोली घोषणा गरेको छ । सन्दीप लामिछानेको कप्तानीमा उत्रने टोलीमा पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदी र अफगानी क्रिकेटर रेहमानुल्लाह गुर्वाज पनि हुनेछन् ।  त्यसैगरी गुल्शन झा, सुवास खकुरेल, सिद्धान्त लोहनी,जितेन्द्र मुखिया,अमित श्रेष्ठ, राजु रिजाल, अमरसिंह रौटेला, शेर मल्ल, सम्सद शेख, दीपेन्द्र रावत, आकाश चन्द र रायन वर्ल टोलीमा छन् । कुन खेल कहिले ?ईपिएलमा पहिलो चरणअन्तर्गत काठमाडौं किंग्स ११ ले

नेपाली दर्शकमाझ खेल्न आतुर छु : साहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानी क्रिकेटर साहिद अफ्रिदीले नेपाली दर्शकहरूमाझ खेल्न आतुर भएको बताएका छन् । शनिबार देखि आयोजना हुने एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट खेल्न उनी बिहीबार काठमाडौं पुगेकाछन् ।  उनले नेपाली समर्थकमाझ खेल खेल्ने कुराको लागि आफू उत्साहित भएको बताए । साथै अफ्रिदीले आफू नेपाल आउनुको मुख्य उद्देश्य नेपाली क्रिकेटलाई...