कोरोना कहर: स्थानीय तहमा निषेधाज्ञा, शैक्षिक संस्था धमाधम बन्द हुँदै
केही समयअघि कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउन खुकुलो पारिएसँगै कञ्चनपुरमा जनजीवन सामान्य बनिरहेका बेला सङ्क्रमण दर बढ्दा पुनः यहाँ निषेधाज्ञा लागू हुनुका साथै शैक्षिक संस्थाहरु धमाधम बन्द हुन थालेका छन्।
सरकारले कोरोना संक्रमण बढ्दै गएका ठूला सहरहरुमा भौतिक उपस्थितिमा हुने शैक्षिक संस्था, विद्यालय, कलेज, ट्युसन सेन्टर तथा तालिम केन्द्र भौतिक उपस्थितिमा सञ्चालन गर्न नपाइने निर्णय गरेको हो।
राँझा । कोरोना भाइरस सङ्क्रमण बढेपछि नेपालगञ्ज उपमहानगरपालिकामा शुक्रबारदेखि शैक्षिक संस्था बन्द हुने भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले नेपालगञ्जमा पछिल्लो समय कोभिड सङ्क्रमण उच्चगतिमा बढेपछि उपमहानगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्था एक साताका लागि बन्द गर्ने निर्णय गरेको उपप्रमुख उमा थापामगरले जानकारी दिए । नगरप्रमुख डा धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले […]